थप १९ जनामा कोभिड संक्रमण, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८२१ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया