नेपालमा हिन्दु राष्ट्र पुनर्स्थापना गर्नुपर्छ : शंकराचार्य

भैरहवा । भारत, जगन्नाथपुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द सरस्वतीले नेपाललाई हिन्दु राष्ट्रका रुपमा पुनस्थापित गर्नुपर्ने बताएका छन् ।

भैरहवामा आयोजित धर्मशभालाई संबोधन गर्दै शंकाराचार्यले नेपालको सुरक्षाका लागि हिन्दु राष्ट्र पुनस्र्थापना आवश्यक रहेको बताए ।

‘नेपालमा हिन्दूत्वको प्रतिनिधित्व आवश्यक छ, त्यसो नभए समस्या भइरहन्छ’, उनले भने ।

भैरहवाको महेन्द्र सभागृहमा आयोजित धर्मसभामा शंकराचार्य निश्चलानन्दले नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, बर्मा, भुटान र तिब्बतको हिस्सा हुँदै मानसरोबरसम्म हिन्दूत्वको प्रभाव बढाउनुपर्ने बताए । ‘पूरा एसिया महाद्वीप हिन्दू राष्ट्रका रूपमा स्थापित हुनेछ’, उनले भने ।

सनातन आर्य बैदिक हिन्दूलाई मान्ने हरेक व्यक्ति ज्ञानबाट आरक्षित, दुव्र्यसनबाट मुक्त र आर्थिकरूपले पनि सम्पन्नशाली हुँदै जाने बताए ।

‘पूरा विश्व अर्थको लागि क्रान्ति गरिरहेको छ’, उनले भने, ‘आर्थिक विपन्नता हटाउने माध्ययम नै सनातन आर्य बैदिक हिन्दूत्वको अङ्गीकार हो ।’

नेपालका धर्मगुरुहरुको उपस्थिति रहेको धर्मसभामा शंकराचार्य स्वामी निश्चलानन्दलाई सम्मानसमेत गरिएको थियो ।

कृष्णप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न धर्मसभामा शङ्कर खराल, डा चिन्तामणि योगी, व्यासआचार्य किशोर गौतमले नेपालको धार्मिक अवस्थाका बारेमा आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया