पार्टीका संस्थापक नेताहरुको सपना पूरा गर्न सक्षम छुः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संस्थापक नेताहरुको सपना आफूले पूरा गर्न सक्ने बताएका छन् । शनिबार काठमाडौंमा ‘बानेश्वरको सेरोफोरो पुस्तक’को लोकापर्ण कार्यक्रममा नेता सिंहले पार्टीका संस्थापक नेताहरुले जनता र देशका लागि देखेको सपना पूरा गर्न आफू सक्षम रहेको बताएका हुन् ।

‘किसुनजी, गणेशमानजीको, विपीको जनताको जीवनयापन सहज बनाउने सपना थियो । उहाँहरुले विकसित नेपालको सपना राख्नु भएको थियो त्यो सपना तपाईँहरुको सहयोगबाट पूरा गर्न सक्छु भन्ने विश्वास छ ।उनले भने । जनताका प्रतिनिधि भएपछि जस्तोजुकै अवस्था पनि फिट हुन सक्ने क्षमता हुनुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया