रजनीतकान्तलाई हिन्दी फिल्ममा ल्याउने निर्देशक रहेनन्

मुम्बई। तमिल तथा हिन्दी फिल्मका बरिष्ट निर्देशक टि. रामारावको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ। उनी लामो समयदेखि बिरामी थिए। उनले हिन्दी र तमिल गरी कूल ७० फिल्ममा निर्देशन गरेका थिए। 

तमिल सुपरस्टार रजनीकान्तलाई हिन्दी फिल्म खेलाउने निर्देशकको रूपमा पनि रामाराव चर्चित थिए। उनले ‘अन्धा कानुन’ फिल्ममा रजनीकान्तलाई बलिउडमा स्थान दिएका थिए। 

८० को दशकमा रामाराव र जितेन्द्रको जोडीलाई ‘ब्लकबस्टर’ जोडी मानिन्थ्यो। दुवैले ९ वटा फिल्म सँगै गरेका थिए, जुन सुपरहिट भएको थियो। जितेन्द्रले हकिकत, जुदाई, एक हि भूल, लोक–परलोक, मांग भरो सजना, सदा सुहागन र मजबुर जस्तो खारिएको फिल्ममा अभिनय गरेका थिए। जसको निर्देशन रामारावले गरेका थिए। 

रामारावले सन् १९७९ मा हिन्दी फिल्म उद्योगमा पाइला टेकेका थिए। उनले अमिताभ बच्चन, जितेन्द्र, संजय दत्त, मिथुन चक्रवर्ती, अनिल कपुर, गोविन्दा लगायत थुप्रै कलाकारसँग काम गरे। रामारावले ३४ वटा बलिउड फिल्ममा निर्देशन गरेका थिए। उनको अन्धा कानुन, खतरो के खेलाडी, नाचे मयुरी, जोन–जोनी–जादाद्र्धन, इंसाफ, मुक्कदरका बादशाह, मै इंतकाम लुंगा हिट फिल्मको सूचीमा पर्छ। 

याे पनि हेर्नुस्

 

अर्थको नेतृत्व फेरिँदै, जनार्दनको ठाउँमा ज्ञानेन्द्र?

भारतीय अदालतको अनौठो फैसला, केटी भगाउने युवाबाट रकम असुल

नयाँ वर्ष जीवनको नयाँ अध्याय

 

प्रतिक्रिया