भारतीय अदालतको अनौठो फैसला, केटी भगाउने युवाबाट रकम असुलउपर

अहमदाबाद। एजेन्सी भारतको गुजरात राज्यको अहमदाबादस्थित उच्च अदालतले मंगलबार एउटा अनौठो आदेश दिएको छ। जुन आदेश अहिले चर्चाको विषय बनेको छ। 

गत वर्ष यो प्रदेशका एक युवाले २० वर्षीय युवती भगाएका थिए। ती युवालाई समात्न प्रहरीलाई ७ महिना लागेको थियो। यसबीच प्रहरीले युवाको खोजीका लागि सरकारी कोषबाट जति पैसा खर्च गरेको थियो, त्यसको आधा पैसा फरार युवासँग भुक्तान गर्न आदेश दिएको हो। 

घटना सन् २०२१ मे महिनाको हो। राजकोट शहरमा बसोबास गर्ने २० वर्षीय राघभाई परमार नाम गरेका युवा आफ्नै उमेरको केटी लिएर फरार भएका थिए। युवतीको पिताले उच्च अदालतमा मुद्धा दायर गरेपछि प्रहरी यो जोडीको खोजीमा लागेको थियो। 

प्रहरीलाई खोजीका लागि ७ महिनाको अवधि लाग्यो। युवती अहिले आफ्नो आमा–बुवासँगै घर फर्किसकेकी छिन्। उच्च अदालतमा मुद्धाको फैसला हुँदा केटी भगाउने युवा पहिलेदेखि नै विवाहित रहेको पत्ता लागेको थियो। 

राजकोट प्रहरीका अनुसार यो जोडीलाई खोज्न १७ हजार ७ सय १० घण्टा लागेको थियो। १९ दिनसम्म विभिन्न मानिससँग सोधपुछ गरेपछि उनीहरू फेला परेको प्रहरीको बयानमा उल्लेख थियो। यस अवधिमा ४२ हजार ५ सय रुपैयाँ खर्च भएको प्रहरीले बताएको छ। यस्तै, शारीरिक रूपमा अदालतमा उपस्थित हुन थप ७५ हजार गरी कूल रकम १ लाख १७ हजार ५ सय रुपैयाँ खर्च भएको बताइएको छ। 

युवतीको पिताले छोरी गुमनाम भएपछि खोजीका लागि आफ्नो थप ८ लाख ६ हजार रुपैयाँ खर्च भएको हिसाब देखाएका थिए। अदालतले केटी भगाउने युवालाई ५५ हजार रुपैयाँ अदालतको रजिस्ट्रीमा दाखिला गराउन आदेश सुनाएको थियो। यदी तोकिएको रकम ती युवाले बुझाउन नसकेको खण्डमा उनलाई न्यायिक हिरासतमा राखिने बताइएको छ। 

याे पनि हेर्नुस्

एगम्यान अफ इन्डिया

नयाँ वर्ष जीवनको नयाँ अध्याय : एलपी भानु शर्मा

पुरानै सोचले ग्रस्त छन् नेता

 


 

प्रतिक्रिया