पोखराको मेयरका लागि कांग्रेसबाट १८ जना आकांक्षी

पोखरा । नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङसहित १८ जनाले आकांक्षा देखाएका हुन् ।

यसबाहेक बाबुराम आचार्य, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर केसी, विश्वशंकर पालिखे, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, किशोरदत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपीला रानाभाट, विश्व घिमिरे, ऋषि सापकोटा र किरण केसीले आकांक्षा देखाएका हुन् ।

उपमेयरमा १० जनाको मनोनयन परेको छ । लक्ष्मी पाण्डे, माया बराल क्षेत्री, रंगीला आचार्य, आनन्दी राणा कार्की, टिका कुमारी गुरुङ, दीपक महत, चिनु गुरुङ, गोविन्द नेपाली, शिव केसी, र मिलन थापाको नाम दर्ता भएको पार्टी सचिव गणेशबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया