एमालेका उच्च आय भएका कार्यकर्ताले मासिक पाँच हजार लेबी बुझाउनुपर्ने

काठमाडौँ । नेकपा एमालेले पार्टीको आर्थिक समन्नुतिका लागि लेबी संकलनको नयाँ मापदण्ड जारी गरेको छ। पार्टीभित्र उच्चआय भएका ५ हजार नेता, कार्यकर्ताले पार्टीलाई मासिक ५ हजार दिनुपर्ने नियम बनाएर अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै एमालेले अपानिमा उल्लेख भएअनुसार उच्चआय भएका कम्तीमा पाँच हजारलाई उक्त नियम बनाएको हो। अपानिमा भनिएको छ,‘पार्टीको दिगो आर्थिक स्रोतका लागि आर्थिक विभाग प्रमुखले उच्च आय भएका पाँच हजार नेता, कार्यकतालाई यो नियम प्रस्ताव गर्नुभएको हो । एमालेका उच्च आय भएका पाँच हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत हरेक महिना पाँच हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्यो।’

निर्देशनमा उल्लेख भएअनुसार आ–आफ्नो क्षेत्रमा त्यस्ता आय भएका र योगदान गर्न इच्छुक सदस्यको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउनसमेत निर्देशन दिएको छ।

 

प्रतिक्रिया