गठबन्धन पक्षमा कांग्रेस

स्थानीय तहमा आवश्यकता अनुसार तालमेल

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।

यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्कको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ । प्रवक्ता महतले चुनावी गठबन्धन गर्ने निर्णय सर्वसम्मत रुपमा भएको दाबी गरे । कांग्रेसका नेता शेखर कोइराला समूहले कांग्रेस एक्लै चुनावमा जानु पर्ने बताउँदै आएको थियो ।

संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

277365415_532681484886110_2968667979050021109_n

277230349_532681474886111_880034546688413166_n
 

प्रतिक्रिया