पुटिनकी प्रेमिका स्वीट्जरल्याण्डमा लुकेको दावी

मस्को। रुस–युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पश्चिमा मिडियाले ‘युद्ध अपराधी’ को रूपमा चित्रण गरेका छन्। यस्तैमा पुटिनको अर्को गोप्य सूचना बाहिर आएको छ। त्यो सूचना युद्धसँग सम्बन्धित नभइ प्रेमिकाको विषयमा हो।

पुटिनकी प्रेमिका पूर्व जिम्न्यास्ट अलिना काबेवा हाल स्वीट्जरल्याण्डमा लुकेर बसेको दावी पश्चिमा मिडियाले गरेका छन्।

यो खबर बाहिरिएपछि रुस, युक्रेन र बेलारुसका केही मानिसले अलिनाविरूद्ध ‘अनलाइन पेटिसन’ सुरु गर्दै उनलाई स्वीट्जरल्याण्डबाट बाहिर निकाल्न माग गरेका छन्। रिपोर्ट अनुसार उनी तीन बालबालिकासँग आनन्दको जीवनयापन गरिरहेकी छिन्। उनी लक्जरी भिल्लामा बसोबास गर्ने

alina1गरेको बताइएको छ।

अलिनाको उमेर ३८ वर्ष छ। उनी ओलम्पिकमा स्वर्ण विजेता खेलाडी पनि हुन्। उनी रुसको सबैभन्दा लचिली (फ्ल्याक्जिबल) महिलाको रूपमा चिनिने गर्थिन् र पुटिनको युनाइटेड रसिया पार्टीबाट सांसद पनि बनिसकेकी छिन्। उनीविरूद्ध ५० हजार मानिसले पेटिसनमा हस्ताक्षर गरिसकेका छन्।

अलिनालाई गत वर्ष डिसेम्बरमा अन्तिम पटक सार्वजनिक समारोहमा देखिएको थियो। सन् २०२१ को डिसेम्बरमा मस्कोमा आयोजना भएको डिवाइन ग्रेस रिदमिक जिम्न्यास्टिक प्रतियोगितामा उनले डान्स गरेकी थिइन।

उनीविरूद्धको पेटिसनमा भनिएको छ, स्वीट्जरल्याण्डले पुटिन सरकारको एक सहयोगीलाई आश्रय दिएको छ।’ अलिना ७ वर्षभन्दा बढी रुसी सरकारसमर्थित राष्ट्रिय सञ्चार समूहको अध्यक्ष थिइन्। ‘दि डेली मेल’ का अनुसार उनले हरेक वर्ष ८ मिलियन युरोको तलब थापिरहेकी छिन्।

अलिनाले सन् २००४ को ओलम्पिकमा रिदमिक जिम्न्यास्टिकमा स्वर्ण जितेकी थिइन। ‘दि गार्जियन’ जस्तो प्रतिष्ठित पत्रिकाले पनि अलिना पुटिनको प्रेमिका भएको दावी गरिसकेको छ। तर, पुटिनले भने स्वीकार गरेका छैनन्।

अलिनाको पुटिनसँगको सम्बन्ध विषय रुसकै केही मिडियामा समाचार प्रकाशित भएको थियो। उनले आफ्नो करिअरमा २ ओलम्पिक मेडल, १४ विश्व च्याम्पियनसिप र २१ युरोपेली च्याम्पियनसिपको उपाधि जितिसकेकी छिन्।

पुटिनको अलिनाबाहेक पनि अन्य महिलासँग सम्बन्ध भएको मिडिया रिपोर्टमा उल्लेख छ। अलिनाबाट पुटिनको एउटा छोरी भएको हल्ला कुनै बेला चलेको थियो। अलिनाको तेस्रो छोरी एलिजाबेटा क्रिवोनोगिखलाई पुटिनको गोप्य छोरी मानिन्छ। तर, यसको पुष्टी भएको छैन। एलिजाबेटाको उमेर १८ वर्ष छ। बेलायतको ब्रेडफोर्ड विश्वविधालयका भिजुअल कम्प्युटिङ सेन्टरका निर्देशक प्रोफेसर हसन उगेल भन्छन्, ‘पुटिन र उनको शंकास्पद छोरीको अनुहार धेरै हदसम्म मिल्छ।’  

प्रतिक्रिया