६८ जनामा कोरोना संक्रमण, ५३८ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९७७५०१ पुगेको छ । त्यस्तै ५३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९५९०९३ पुगेको छ ।

त्यस्तै कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । क्वारेन्टाइनमा १०८ जना छन् भने आइसोलेसनमा ६,४६१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया