'केपी ओलीलाई कति सहने ? संसद भंग गरेर चुनावमा जाऔं'

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले लगातार संसद अवरुद्ध गरिरहेकाले चुनावमा जानुपर्ने अवस्था आउने बताएका हुन् ।

उनले भने, ‘एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ?’ उनले एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प नभएको पनि बताए । उनले संसद भंग गरेर तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे गठबन्धनमा छलफल भइरहेको बताए । नेकपा एमालेले गत भदौदेखि संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया