अदूरदर्शी नेत्र चिकित्सक !

नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइराला ज्ञानले नेत्र चिकित्सक हुन् । पिता वीपी कोइरालाले निर्देशन नदिएका भए उनी खेलाडी पनि बन्न सक्थे तर चिकित्सा पेशामा जान सुझाएपछि उनले पिताको आज्ञा उल्लंघन गर्न सकेनन् । नियतिले शशाङ्कलाई राजनीतिमा पुर्यायो । नेपाली कांग्रेसको पैतृक बिरासतको प्रभावबाट लाभ उठाउँदै उनी निर्वाचित महामन्त्री भए ।
 
शुभेच्छुक चाहन्छन् शशाङ्क पार्टीको सभापति बनुन् र देशको प्रधानमन्त्री नै होउन् । अझ वीपीकै उत्तराधिकारी भैदिए वेश ! तर आशा विपरित उनी सभापति शेरबहादुर देउवाका घनिष्ठ सहयोगी भैरहेका देखिन्छन् भन्दै रुष्ट छन् उनका कार्यकर्ता । आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने दावी गरेपनि शशाङ्कको तयारी त्यसअनुसार देखिँदैन । परिवारमै को को उम्मेदवार बन्ने भनेर स्पष्ट छैन, दावी सबैको छ ।

यो अन्योलवीच कार्यकर्तावीच कानेखुशी चलेको छ– यी कस्ता अदूरदर्शी नेत्र चिकित्सक हुन् आफ्नै भविष्यको मार्ग नदेख्ने ?


 

प्रतिक्रिया