खोप अभियानमा कोशेढुंगा पार गरेकोमा नेपाललाई डब्लूएचओको बधाई

काठमाडौं । नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुंगा पार गरेको छ। नेपालले १८ वर्ष माथिको उमेर समूहका ७० प्रतिशत नागरिकलाई पूर्ण खोप प्रदान गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको हो । ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भइ सहकार्य गरे जे पनि सम्भव हुने यसले साबित गरेको छ,’ डब्ल्यूएचओ नेपालले ट्विटरमार्फत् बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत्र मसान्तसम्म खोप लगाउने उमेर समूहका शत प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्य सहित देशभर खोप अभियान चलाइरहेको छ ।
 

 

प्रतिक्रिया