जनमत पार्टीका कार्यकर्ताद्वारा मधेस प्रदेशमा सांसद र मेयरको गाडी तोडफोड

जनकपुरधाम । सीके राउत नेतृत्वको जनतम पार्टीका कार्यकर्ताले मधेस प्रदेशका सांसद अशोक यादव सवार गाडी तोडफोड गरेका छन् । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेका हुन् । त्यसक्रममा सांसद यादवको हातमा चोट लागेको छ ।

यसअघि जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो ।

प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

यस्तै जनमत पार्टीका कार्यकर्ताले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडीमासमेत तोडफोड गरेका छन् । धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले २ गाडीमा जनमतका कार्यकर्ताले तोडफोड गरेको बताए । तोडफोडमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया