प्रचण्ड र नेता पुनबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । सोमबार चीनमा स्वास्थ्योपचार गरी स्वदेश फर्किएका पुन मंगलबार बिहान खुमलटार पुगेका हुन् ।

प्रचण्डले स्वागतसँगै पुनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका उनको सचिवालयले जनाएको छ । सचिवालयले भनेको छ, ‘लामो समयको उपचारपश्चात् स्वदेश फर्किनुभएका हाम्रो पार्टीका नेता वर्षमान पुन ‘अनन्त’लाई अध्यक्ष कमरेड प्रचण्डले निवास खुमलटारमा स्वागत तथा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो।’ पुन पार्टीभित्र महासचिव पदका दाबेदार हुन् ।

सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको बताएका थिए ।

   

प्रतिक्रिया