काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन् । गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन् ।
आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ गरुङ गृहमन्त्री बनेपछि भ्रष्टाचार काण्डमा मुछिएका व्यापारी देखि नेता सम्मलाई प्रहरीले पक्राउ गर्ने क्रम बढेको छ ।
प्रतिक्रिया