काठमाडौं । प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीनवटा अध्यादेश पेस भएको छ।
गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका हुन् । उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।
प्रतिक्रिया