काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।
शुक्रबार उनले नेपालको संविधानको धारा ७६ उपधारा १ बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति भवन, महाराजगञ्जबाट जारी विज्ञप्तिमा भनिएको् छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’ उनी नेपालको ४३औँ प्रधानमन्त्री बनेका हुन् । शाहको नियुक्तिसँगै मन्त्रिपरिषद् विस्तारको तयारी पनि भइरहेको छ ।
आजै दिउँसो १२:३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् । राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरिएको हो । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
प्रतिक्रिया