बालेन्द्र शाहले शुक्रबार सवा दुइ बजे प्रधानमन्त्रीको  पदभार ग्रहण गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते शुक्रबार सवा दुइ बजे प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने भएका छन् ।

शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथग्रहणको साइत निस्किएकोले बालेनको सचिवालयले राष्ट्रपति कार्यालयलाई त्यो समय प्रस्ताव गरेको र राष्ट्रपति कार्यालयले त्यही अनुसार आयोजना गरेको बुझिएको छ ।

त्यस अनुसार १२:३४ मा शपथग्रहण गरेपछि २:१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने तयरी छ । शपथग्रहणका क्रममा बटुकबाट स्वस्ति वाचन गराउने तयारी छ ।

प्रतिक्रिया