डोटीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु

काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गिरिचौकाबाट काँडीस्याउलेतर्फ जादै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप राति करिब रााढे १२ बजे सडकबाट करिब ९०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको हो । जीप मृतक सुबोध रोकायाले चलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया