नेपालमा कोरियाली भाषा शिक्षा

काठमाडौं । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले यहि २२ जनवरी २०२६ मा काठमाडौँको विश्व भाषा क्याम्पसमा २०२६ कोरियाली भाषा प्रवर्द्धन कार्यक्रम आयोजना गरेको थियो।

e224247c-3053-48a1-aea3-80e7d9668357

नेपालका लागि कोरियाली राजदूत थेयङ पार्कले उक्त कार्यक्रममा भाग लिएर नेपालमा कोरियन भाषा शिक्षालाई प्रवर्द्धन गर्नका लागि सम्बन्धित सरोकारवालाहरु हाङ्गुल स्कूल, किङ सेजोङ इन्स्टिच्युट, विश्व भाषा क्याम्पलगायतको सकारात्मक भूमिका रहेको जानकारी गराए। राजदूत पार्कले नेपाल र कोरिया बीचको साँस्कृतिक समानतालालई उच्च सम्मान गर्दै भाषा आदानप्रदानलाई अझै प्रवर्द्धन गर्न दूतावासले विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको कुरामा जोड दिए। उनले आपसी सहयोग कार्यक्रम मार्फत दुई देशबीचको घनिष्ठ सम्बन्ध अझ सुदृढ हुने र द्विपक्षीय सम्बन्धमा नयाँ उचाइ चुम्ने धारणा राखे। 

नेपालस्थित कोरियाली दूतावासले कोरियन भाषा शिक्षालाई सहयोग गर्न नेपालस्थित ईपीएस केन्द्र, त्रिभुवन विश्वविद्यालय र माध्यमिक विद्यालयसँगै सहकार्य गर्दै आएकोछ। नेपालमा कोरियन भाषा प्रतिको रुची बढ्दै गएकोले उक्त चासोलाई ध्यानमा राख्दै दूतावासले कोरियन भाषा शिक्षा केन्द्रहरूलाई कोरियन भाषा पाठ्यपुस्तक लगायतका सामाग्रीहरु प्रदान गर्दै आएको छ।  प्रत्येक वर्ष, दूतावासले कोरियन भाषा शिक्षा पढाउने शिक्षण सँस्थाहरुमा कोरियाली भाषा पाठ्यपुस्तकको मागको मूल्याङ्कन गरी मागको आधारमा आवश्यक सहयोग गर्दै आएको छ। नेपालमा कोरियाली शिक्षा पढाउने किंग सेजोङ इन्स्टिच्युट, कोरियाली स्कूल, विश्वभाषा क्याम्पस लगायत माध्यमिक विद्यालयहरुले कोरियन भाषा अध्यापन गरिरहेका छन्। स्न् २०२६ मा, दूतावासले कोरियाको स्थानीय सरकारले उपलव्ध गराएका ६०० भन्दा बढी अध्ययन सामाग्री, कोरियन भाषा पुस्तकहरू वितरण गर्ने प्रक्रियामा रहेको छ। जनवरी २०२६ मा, इपिएस केन्द्रले लुम्बिनी प्रदेशमा रहेका उच्च माध्यमिक विद्यालयलाई १०० कोरियाली पाठ्यपुस्तकहरू प्रदान गरेको छ। नेपालमा केहि हाई स्कूलहरूले माध्यमिक शिक्षा परीक्षा ९एसइइ० मा कोरियन भाषालाई ऐच्छिक विषयको रूपमा समावेश गरेर परीक्षा दिने योजनामा रहेका छन्। 

यसको अलावा नेपालमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि ३६जना सम्भावित कोरियाली भाषा शिक्षकले सन् २०२३ र २०२४ मा विश्व भाषा क्याम्पसबाट भाषा प्रशिक्षक प्रमाण पत्र लिई सकेका छन्। कोरियन भाषा शिक्षक प्रशिक्षण कार्यक्रमका लागि कोरिया सरकारले ६३,००० अमेरिकी डलरको आर्थिक सहयोगमा कोरियन भाषा शिक्षक प्रशिक्षण तालिम उपलव्ध गराएको हो। गणतन्त्र कोरियाली दूतावास र नेपालमा रहेका कोरियाली सार्वजनिक एजेन्सीहरूले शैक्षिक गुणस्तर सुधार गर्नका लागि कोरियन भाषा प्रशिक्षार्थीहरुका लागि आवश्यक शिक्षण सामग्री उपलव्ध गराउने योजना रहेको छ। नेपालका विश्वविद्यालयहरूमा कोरियन भाषा अध्यापन गराउनका लागि कोरियन अध्ययन विभागको स्थापना का लागि समन्वय गर्दै जाने छ। 

हाल एसियाली मूलुकमा कोरियन शिक्षा प्रणालीको व्यापक प्रचार भएको छ। के(पप कोरियाली लोकप्रिय संगीत, के(ड्रामा कोरियाली टिभी ड्रामा, कोरियाली फिल्म, र कोरियाली भिडियो गेमका प्रशंसकले कोरियन भाषामा सम्बाद गर्नका लागि कोरियन भाषा सिक्ने सँख्या निरन्तर बढ्दै गएको छ।

प्रतिक्रिया