चीनले सुरु गर्यो एआईमा आधारीत रोबोट रेस्टुरेन्ट

काठमाडौं । पूर्वी चीनको हाङ्झाउ शहरमा एआई कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित रोबोट प्रयोग गरिएको रेस्टुरेन्टले परीक्षण सञ्चालन सुरु गरेको छ । उक्त रेस्टुरेन्टमा एआई–सञ्चालित रोबोटिक आर्मले खाना पकाउनेदेखि पस्कीएर ग्राहकलाई दिने सम्मको काम गरिरहेको छ ।

रेस्टुरेन्टका कर्मचारीका अनुसार यहाँ १०० जना भन्दा बढी परिकार उपलब्ध छन् । रोबोटले कराईमा सामग्री खन्याउने, चलाउने र चलाएर भुट्ने काम गर्दै केही मिनेटमै खाना तयार गर्छ । तयार भएको परिकार सिधै प्लेटमा राखेर ग्राहकसम्म पुर्याउने काम गर्दछ । रेस्टुरेन्टमा खाना चाखेका एक ग्राहकले स्वाद सन्तोषजनक भएको प्रतिक्रिया दिएका छन् । “खाना स्वादिलो छ र मेरो रुचिअनुसारकै छ । अलि नरम भएको भए अझ राम्रो हुन्थ्यो,” उनले भने ।

अन्य केही ग्राहकका लागि भने यो अनुभव बाल्यकालको विज्ञान–कथा ९साइ–फाइ० सपना जस्तै लागेको छ । एक ग्राहकले भने, “सानो हुँदा कार्टुनमा रोबोटले खाना पकाएको देख्थेँ । अहिले त्यो बाल्यकालको सपना पूरा भएको जस्तो लाग्यो।” हाल उक्त रेस्टुरेन्टमा १० भन्दा बढी रोबोट सञ्चालनमा छन् । तीमध्ये केहीले खाना पकाउने, नुडल्स र कफी बनाउने काम गर्छन् भने केही रोबोटले भुइँ सफा गर्ने काम गरिरहेका छन् । एएनआई

प्रतिक्रिया