मनोनयन दर्ताको विवरण साँझ मात्रै सार्वजनिक हुने : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहपूर्ण रूपमा भइरहेको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मनोनयन दर्ताको आधिकारिक संख्या साँझ मात्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आयोगले मनोनयन दर्ताको संख्या औपचारिक रूपमा तोकेको छैन । ‘आयोगले अहिलेसम्म यति भनेर आधिकारिक रूपमा संख्या निर्धारण गरेको छैन,’ प्रवक्ता भट्टराईले भने, ‘एकैपटक मनोनयन दर्ताको सम्पूर्ण संख्या साँझ मात्रै प्रकाशित हुनेछ ।’ निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

प्रतिक्रिया