काठमाडौं । जिल्ला निर्वाचन कार्यालय मीनभवनका जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईले काठमाडौं क्षेत्र नं. १ बाट सात जनाले उम्मेदवारी दर्ता गरि सकेको बताएका छन् ।
मंगलबार उम्मेदवारी दर्ताबारे जानकारी दिदैँ उनले काठमाडौं जिल्लामा १० वटै क्षेत्रमा उम्मेदवारहरुले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरिरहेको भन्दै हालसम्म सात जनाले उम्मेदवारी दर्ता गरिसकेको बताए । उनले भने, ‘काठमाडौं जिल्लामा पनि १० वटै क्षेत्रमा उम्मेदवारहरुले उत्साहका साथ आफ्नो मनोनयन दर्ता गरिरहनु भएको छ । सबै ठाँउबाट ६, ७ वटा उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएको छ ।काठमाडौंमा निर्वाचनको एकदमै उत्साह देखिन्छ । काठमाडौं क्षेत्र नं। १ बाट सात जनाले उम्मेदवारी दर्ता गरि सक्नु भएको छ ।’ उनले दलहरु आउने समय तोक्नुको कारण धेरै भीड नहोस भन्नको लागि मात्र भएको भन्दै त्यो समयमा नआउँदा उम्मेदवारी दर्ता गर्न नपाउने भन्ने नभएको बताए ।
प्रतिक्रिया