काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन् । विशेष महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्वसहित समावेशी आधारमा केन्द्रीय समिति चयन गरेको छ ।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् । समावेशी संरचनाअनुसार केन्द्रीय सह–महामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना निर्वाचित भएका छन् । सह–महामन्त्रीमा क्रमश: डा. डिला संग्रौला पन्त, प्रकाश रसाइली ‘स्नेही’, बहादुर सिंह लामा, उदय शम्शेर राणा, मुक्ता कुमारी यादव, फर्मुल्ला मन्सुर, योगेन्द्र चौधरी र कर्ण बहादुर बुढा चयन भएका हुन् ।
महाधिवेशनले केन्द्रीय सदस्यतर्फ खुल्ला, महिला, प्रदेशगत तथा विभिन्न समावेशी समूहबाट ठूलो संख्यामा प्रतिनिधि चयन गरेको छ । खुल्ला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएका छन् भने महिला खुल्ला, प्रदेशगत, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु, खसआर्य, अपाङ्गता भएका तथा पिछडिएको क्षेत्रबाट समेत प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।
पार्टी नेतृत्वका अनुसार नयाँ केन्द्रीय समितिले संगठन सुदृढीकरण, संविधानको कार्यान्वयन, लोकतन्त्रको संरक्षण तथा आगामी निर्वाचन लक्षित रणनीति निर्माणमा प्राथमिकता दिनेछ । उक्त समितिको बैठक पनि विहीबार विहानलाई बोलाइएको छ ।
प्रतिक्रिया