डिमेन्सिया विर्सने रोग हो । व्यक्तित्व परिवर्तन, योजना बनाउन र कार्यहरू कार्यान्वयन गर्न कठिनाई हुने डिमेन्सियाको प्रकार हो । यसको प्रभाव मानिसको मूड र व्यवहारमा चाँडै परिवर्तन हुने गर्दछ । अल्जाइमर जस्तै यो रोग पनि मस्तिष्क सम्बन्धि नै पर्छ ।
परिवारीक जमघट, समाजको आत्मियता र स्वास्थ्य सेवा नपाउने हो भने संक्रमण बलियो हुँदै जान्छ । गरिब, मध्यम आम्दानी हुने देशमा यसको संक्रमण धेरै देखिएको अध्ययनले पुष्टि गरेका छन् । राजनैतिक, सामाजिक र आर्थिक हिसाबमा सम्पन्न देशमा पनि यस रोगले जरो गाडेकै छ । अस्पतालमा सहयोगी कम हुनु, उल्लेख्य रकमको प्रवाह कम हुनु र दक्ष कर्मचारीको आपुर्ती नहुनु डिमेन्सिया बढ्नुको कारक तत्वहरु हुन् ।
स्वास्थ्य सेवामा रोगको उपचार खर्चिलो
डिमेन्सिया एक खर्चिलो रोग हो । मस्तिष्क सम्बन्धि जटिल समस्याहरु, भाषागत अवरोध, दैनिक क्रियाकलापमा हुने कमीकमजोरीहरु रोगका लक्षण हुन् । मनोवैज्ञानिक, स्नायू प्रणाली र स्नायू सम्वन्धि वैज्ञानिक अनुसन्धान आदी प्रकृयाबाट यस रोगको उपचार गर्नु पर्ने भएकोले यो एक खर्चिलो परिक्षण हुन गएको मानिन्छ ।
यस विकारको कारक तत्वमा असन्तुलित भोजन, लागूपदार्थ दुव्र्यसनी,मोटोपन,उच्च रक्तचाप,मधुमेह, अविसाद, कान नसुन्ने र समाजमा एक्लो बाँच्ने आदी पर्दछन् ।
परिवार, समाजमा रोगको प्रभाव
वृद्व मानिसमा अविसादको संक्रमण जटिल हुँदै जान्छ । मानिस मानिसका विच हुने संकेत, हाउभाउमा समस्या देखिने गर्दछ । उनीहरुमा लेख्ने, पढ्ने शैलीमा वानी पर्दैन । बेकारको चिन्तन हावी हुन्छ जुन यस रोगको प्रमुख कारण हुन् । सामाजिक, सांस्कृतिक र वातावरण रुपमा मानिसमा हुने असक्षमता एक प्रकारको विकार हो ।
रोग लागका विरामीले दक्ष चिकित्सकबाट आफ्नो विरामको उपचार पाउन भन्ने अभिलाषा रहन्छ । डिमेन्सियाका औषधि विज्ञान र शारिरीक व्यायाम दुवैले विरामीलाई स्वस्थ्यकर राख्नेमा जानकारहरु बताउँछन् । रोगका संक्रमण भएका विरामीलाई औषधी बाहेक संज्ञानात्मक ज्ञान, भावानात्मक उपचार र दयाको भावले न्यानो बनाउने बताइन्छ ।
विश्व स्वास्थ्य संगठनले विरामी हरुलाई मायालु प्रभावमा बाँच्न दिनुपर्ने बिचार प्रवर्दन गरेको छ । उसले डिमेन्सिया सम्वन्धि तयार पारेको प्रतिवेदनमा समस्याको पहिचान, समस्या, रोगको इलाज, उपचार गर्ने अस्पताल गर्ने कर्मचारीको सहयोग, रोग सँम्वन्धि अनुसन्धान संयन्त्र आदिलाई आधारशिला बनाएको छ ।
धारणा
विशेषत समाज र स्वास्थ्य संस्थामा दिइने संकेतीक ज्ञान नै महत्वपूर्ण मानिन्छ । मानविय जीवन शैलीको गुणस्तर उकास्नु तथा स्वस्थ्य जीवन ज्युनु श्रेयकर मानिन्छ । मानिसको स्वस्थ्य समस्या हटाउनु, भेदभाव हटाउनु, निश्कलंक हुनु, समावेशी हुनु डिमेन्सिया संक्रमणको लागि परिक्षण गरिएका खोजका अवधारणाहरु हुन् ।
लक्षण र रोकथाम नै डिमेन्सिया रोगको प्रारम्भिक तथा प्राथमिक उपचार हुन् सक्छन् । (स्रोतःजर्नल डट प्लस डट अर्ग)
प्रतिक्रिया