काठमाडौं । दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ ।
भारतले विश्व स्वास्थ्य संगठन डब्लूएचओको सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओको विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पुर्याउन सक्छन भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।
सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्रबद्र्धन गर्ने, डब्लूएचओको नयाँ वैश्विक परम्परागत चिकित्सा रणनीति २०२५–२०३४ को कार्यान्वयनलाई अघि बढाउने लक्ष्य राखेको छ । साथै सम्मेलनमा आयुर्वेद, योग, सिद्ध, युनानी, परम्परागत चिनियाँ चिकित्सा लगायत विश्वका विभिन्न परम्परागत उपचार पद्धतिहरूको वैज्ञानिक आधार, आधुनिक स्वास्थ्य प्रणालीसँगको एकीकरण, नीति निर्माण, अनुसन्धान तथा दिगो अभ्यासका विषयहरू पनि केन्द्रमा रहनेछन् ।
प्रतिक्रिया