एनपीएल : फाइनल प्रवेशका लागि विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत क्वालिफायर–२ मा लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्।

\खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४:०० बजे हुनेछ। आजको खेल जित्ने फाइनलमा प्रवेश गर्दै सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। हार्ने टोली भने घर फर्किनेछ। विराटनगर पहिलो क्‍वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो मौकामा खेल्दैछ । अर्कोतर्फ लुम्बिनीले भने बुधबार भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्‍वालिफायरमा स्थान बनाएको हो । लुम्बिनीले २४ घण्टाभित्रै अर्को खेल खेल्दै छ । यस्तोमा लुम्बिनीले हारबाट पुनरागमन गर्ने सोचमा रहेको विराटनगरसँग खेल्दै छ ।


 

प्रतिक्रिया