काठमाडौं । सन् २०२५ को जुन ४ मा भएको भागदौडको घटनापछि २०२६ मा हुने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) का क्रिकेट खेलहरु बेंगलुरुको चिन्नास्वामी स्टेडियममा नखेलाइने निर्णय भएको थियो ।
उक्त घटनामा परेर ११ जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढि घाइते भएका थिए। स्टेडियममा मा दोस्रो पटक खेल शुरु गर्न विशेषज्ञहरुको सुरक्षा जाँचलाई प्राथमिकता दिइएको छ ।
जसमा फिटनेस टेस्ट दिनु जरुरी रहेको बताइएको छ । विमेन्स वल्र्ड कपमा पनि यो ग्राउन्डलाई असुरक्षित मानिएको थियो । ३ जून २०२६ मा रोयल चैलेन्जर्स बेंगलुरुले पहिलो म्याच जितेको थियो ।
उक्त खेलको जीत पछि स्ट्याडियममा भागदौड मचिएको थियो जसमा ११ जनाको मृत्यु भएको थियो भने ५० जना घाइते भएका थिए । सल्लाहकार कमीटीले स्टेडियमको केही रहस्यहरुको उजागर गरेको छ ।
खास गरेर ४ जूनमा भएको भागदौडको जाँचमा कानूनी वकिल “जान माइकल डी कुन्हा” ले तयार पारेको रिपोर्टमा ठूलो खेलहरु खेलाउन स्टेडियम सुरक्षित छैन । रंगशाखाको बाहिर र भित्र जाने गेट पर्याप्त रुपमा ठूलो नभएको ठहर गरेको छ ।
आपतकालीन स्थितिमा रंगशालाहरु अन्तराष्ट्रिय योजना अनुसारको हुनुपर्नेमा जोड दिइन्छ । छेउछाउको सडक एकदम भिड हुँदा जान आउन गाह्रो भएको तर्क रिपोर्टमा गरिएको छ ।
यस रिपोर्टको नतिजा आएपछि सन् २०२५ मा हुने भनिएको महिला वल्र्डकप बेंगलुरुबाट मुंबइ सिफ्ट भएको बताइएको छ । कर्नाटक सरकारले चिन्नास्वामी स्टेडियमलाई फिटनेस टेस्ट पास गर्न आदेश दिएको छ । यसको लागि लोक निर्माण विभागलाई सूचना पठाइएको सरकारले बताएको हो ।
प्रतिक्रिया