जिमी निशम र जेसन रोय पोखरा एभेन्जर्ससँग आवध्द

काठमाडौं । न्युजिल्याण्डका अलराउन्डर जिमी निशम नेपाल प्रिमियर लिगमा फर्किएका छन् । यस पटक उनी पोखरा एभेन्जर्ससँग सम्बध्द रहने छन् । किवी अलराउन्डर एनपीएलमा पोखरा एभेन्जर्सको प्रतिनिधित्व गर्ने तयारीमा छन्।

जिमी निशमले एनपीएलको पहिलो सिजनमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टका लागि खेलेका थिए।

यसैबीच, इंग्लिस पावर हिटर जेसन रोय पनि एनपीएल २०२५ सिजनका लागि पोखरा एभेन्जर्समा सामेल हुने तयारीमा छन् ।

जिमी निशम र जेसन रोयले पोखरा एभेन्जर्ससँग एनपीएल २०२५ मा हस्ताक्षर गरेका छन् ।

नीशमले १२ टेस्ट, ७६ एकदिवसीय र ९३ टी–२० मा न्युजिल्यान्डको प्रतिनिधित्व गरेका छन्। उनी २०१९ क्रिकेट विश्वकप र २०२१ को टी–२० विश्वकपमा न्यूजिल्याण्डको टोलीमा थिए।

जेसन रोयले इंग्ल्याण्डका लागि ११६ एकदिवसीय र ६४ टी–२० खेलेका छन् । क्यान
 

प्रतिक्रिया