कामना सेवाको मोबाइल एपमार्फत बैंकिङ्ग सेवा

काठमाडौं । नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले मोबाइल एपमार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँपोखरामा शनिबार वडा अध्यक्ष शिवप्रसाद कडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा उद्घाटन गरेका छन् । कार्यक्रममा वडा नम्बर ५ का प्रतिनिधि र स्थानीयबासीको उपस्थिति रहेको थियो ।


 

प्रतिक्रिया