जनकपुर । धनुषामा एक जना महिलाको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गर्ने अर्की महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषाको हंसपुर नगरपालिका ७ की ६२ वर्षिया चन्द्रकला देवी दासको हत्या गरेर सुनचाँदीका गरगहना लुटपाट गरेको आरोपमा सोही स्थानमा बसोबास गर्ने ४५ वर्षिया पवित्री देवी मण्डललाई धनुषा प्रहरीले पक्राउ गरेको हो । मण्डलको साथबाट लुटिलगेको गरगहनाहरु पनि बरामद भएको छ । मृतक दासलाई मार्न प्रयोग गरिएको हतियार पनि बरामद गरिएको धनुषा प्रहरीले जनाएको छ ।
गत सोमबार राती ९ बजे मृतक दासको शव उनको घरबाट ५०० मिटर टाढा फेला परेको थियो । धनुषा प्रहरी पक्राउ परेकी मण्डललाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया