आज ‘विश्व निमोनिया दिवस’ मनाइँदै

काठमाडौं । आज विश्वका विभिन्न मुलुकमा ‘विश्व निमोनिया दिवस’ मनाइँदै छ । हरेक बर्षको नोभेम्बर १२ तारीखको दिन संसारभरी विश्व निमोनिया दिवस मनाइने गरिन्छ । 

निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिँदै ‘विश्व निमोनिया दिवस मनाइएको हो । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ  सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ ।निमोनिया  बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो । तर, निमोनियाको रोकथाम र उपचार भने पक्का छ । स्वास्थ्य विशेषज्ञहरुबाट थुप्रै रोकथामका प्रयासहरूले यस रोगको बोझ त घटाउँदै छन् तर पनि यस रोगबाट उत्पन्न हुने समस्याहरुको पूर्ण रुपमा रोकथाम गर्न अझ धेरै काम आवश्यक रहेको स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । 

सन् २००९ देखि हरेक बर्ष मनाइँदै आइएको यस दिवसलाई ५ बर्ष भन्दा कम उमेरका बच्चाहरु अकाल मृत्युको मुख्य कारक बनेको यस रोगको बारेमा जनसमुदायमा जागरूकता फैलाउनु हो।
 

प्रतिक्रिया