उच्च रक्तचाप हुँदा के के खानु फाइदा छ, यी हुन् गुणकारी पदार्थ

फलफुल, तरकारी, माछा, अन्न जन्य खानेकुरा महत्वपूर्ण मानिन्छन् । चिकित्सकको सल्लाह, डाइट र जीवनशैलीमा परिवर्तन गर्ने हो भने रोग निर्मूल हुने बताइन्छ ।

उच्च रक्तचापको कारण किडनी, हृदयरोगको संकेत हुने गर्दछ ।

१. जामुनः जामुनमा एन्टीअक्सीडेन्ट पदार्थ हुने गर्दछ ।

२. केराः केरामा पोटासियम हुन्छ । यसको सेवनले रक्तकोषमा सोडियमको मात्रा घटाउँछ ।

३. चुकन्दर: चुकन्दरमा नाइट्रेड पदार्थ हुने गर्दछ । हृदय सम्वन्धी रक्तचाप भएका विराममा यो उपयोगी हुन्छ ।

४. कालो चकलेट: कालो चकलेटमा कोकोवा हुने गर्दछ । यसको सेवनमा फ्लेभोनोइड्स पाइन्छ । जुन स्वास्थ्यवर्दक हुने गर्दछ ।

५. किवि: किविमा भिटामिन सि पाइन्छ । उच्च रक्तचाप भएका विरामीलाई किविको सेवन उत्तम मानिन्छ ।

६. खरबुजा: यसको सेवनले शरिरमा भएको अम्लियता हराउँछ । खरबुजाको जुस पिउनु राम्रो मानिन्छ ।

७. ओट्स: ओट्सको सेवनले शरीरलाई चाहिने फाइवरहरुको मात्रा बढाउँछ ।

८. हरिया साग: हरिया सागपातमा नाइट्रड हुने गर्दछ । तरकारीहरु जस्तै बन्दा कोपी, तोरीको साग, चाइनिज साग, पालुङ्गोको सेवन फाइदाजनक हुन्छ ।

९. लसुन: लसुनमा एलिसिन पदार्थ हुन्छ । यसमा पाइने एण्टीवायोटिकले मुटुको धमनीहरु स्वस्थ्य राख्न मद्वत पु¥याउँछ ।

दाल, विउ जन्य पदार्थ

दालको सेवन राम्रो मानिन्छ । यसमा प्रचुर मात्रामा पौष्टिक पदार्थ र फाइवर हुन्छ ।

दही

दहीमा ल्याक्टिक अम्लियता हुने कारण हृदयरोगीहरुलाई खान उत्तम मानिन्छ ।

अनार

यसको सेवनमा एण्टीअक्सिडेन्ट पाइन्छ र मधुमेहको विरामीलाई अनारको जुस खान सल्लाह गरिन्छ ।

दालचिनी

शरिरको रक्त कोषहरु सुन्निने भएका विरामीलाई दालचिनीको प्रयोग उत्तम मानिन्छ । उच्च रक्तचाप घटाउन यसको प्रयोग उचित नै मान्नुपर्दछ ।

अमिलो फलफूल

सुन्तला, कागती, अंगुरमा हेस्परडिन र एन्टीअक्सीडेन्ट हुनाले विरामी लाई यसको सेवन फाइदाजनक हुन्छ ।

माछा

यसमा ओमेगा–३ हुनाले फाइदाजनक हुन्छ ।

गोलभेडा

लाइकोपेने पदार्थ हृदयरोगीहरुका लागी फाइदाजनक बताइन्छ । (स्रोतः मेडिकल न्यूज टुडे)
 

प्रतिक्रिया