काठमाडौं । सरकारले इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
आज बिहीबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
यही असोज १८ र १९ मा भएको भीषण वर्षापछि आएको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका हुन् ।
इलाममा बाढीपहिरोबाट ३९ जनाको मृत्यु भएको थियो भने सडक यातायात, सम्पर्क मार्ग र कैयौं पुलहरु क्षतिग्रस्त भएका थिए ।
विशेष सम्पादकीय इलामलाई विशेष राहत देउ
प्रतिक्रिया