राष्ट्रियसभा निर्वाचनमा यस्तो छ कर्णालीमा मतभारको अवस्था

कर्णाली। राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी कानूनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष र उपाध्यक्षलाई मात्र मताधिकार छ ।

कर्णालीमा हाल स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्ष-उपाध्यक्ष १५६ र प्रदेशसभा सदस्य ३५ गरी १९१ मतदाता छन् । प्रदेशसभाका एक सदस्य बराबर ४८ र स्थानीय तहका प्रमुखरउपप्रमुख एक बराबर १८ मतभार कायम छ । यस हिसाबले राष्ट्रियसभा सदस्यको मतदानका लागि प्रदेशसभा सदस्यको कूल मतभार एक हजार ६८० रहेको छ ।

थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्ष(उपाध्यक्षको कूल मतभार दुई हजार ८०८ रहेको छ । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र)सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख(उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् । माओवादी केन्द्रबाट स्थानीय तहमा जितेका मतदाताको मतभार ९३६ र प्रदेशसभा सदस्यको मतभार ५७६ गरी एक हजार ५१२ मत छ ।

नेकपा (एमाले) का स्थानीय तहका प्रमुखरउपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । जसमा स्थानीय तहमा एमालेको ८१० र प्रदेशसभा सदस्यबाट ६२४ मत हुन आउँछ । एमालेको कूल एक हजार ४३४ मत छ । नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख÷उपप्रमुखको ४० र प्रदेशसभा सदस्य ६ रहेका छन् । कांग्रेससँग प्रमुख(उपप्रमुखको मतभार ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ ।

एमाले विभाजनपछि बनेको नेकपा ९एकिकृत समाजवादी० मा स्थानीय तहका प्रमुखरउपप्रमुख गरी १३ र प्रदेशसभामा तीन सदस्य छन् । उनीहरुको स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

कर्णालीमा ६ उम्मेदवारको मनोनयन दर्ता

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । राष्ट्रियसभा सदस्य रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी (समाजवादी), हुम्लाका कविता बोगटी (एमाले) र कालिकोटका जीवन बुढा (माओवादी)को पदावधि फागुन १८ गते सकिएर रिक्त हुने तीन पदमा यहाँका चार दलका ६ उम्मदेवारले आफ्नो मनोनयन दर्ता गरेका हुन् ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेका अनुसार नेपाली कांग्रेसबाट महिला कलस्टरमा दुर्गा गुरुङ (सुर्खेत), माओवादी केन्द्रबाट अपाङ्गतारअल्पसङ्ख्यक कलस्टरमा नरबहादुर विष्ट (सुर्खेत) र एकीकृत समाजवादीबाट खसआर्य कलस्टरमा उदय बोहरा (सल्यान)ले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिपक्षी दल नेकपा (एमाले)बाट खसआर्य कलस्टरमा चुडामणि शर्मा (सुर्खेत), महिलामा गङ्गा महत (जुम्ला) र अपाङ्गतारअल्पसङ्ख्यक कलस्टरमा पदम माझी (दैलेख)ले मनोनयन दर्ता गरेका छन्। कांग्रेसबाट महिला कलस्टरमा मनोनयन दर्ता गरेकी राष्ट्रियसभा सदस्यका उम्मेदवार वीरेन्द्रनगर– १ का गुरुङ तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा मारिएका कांगे्रस कार्यकर्ता यज्ञबहादुर गुरुङकी धर्मपत्नी हुन् ।

माओवादी केन्द्रबाट अपाङ्गता कलस्टरबाट उम्मेदवारी दिएका विष्ट पहिलो संविधानसभाको सदस्य र हाल उक्त पार्टीको केन्द्रीय सदस्य हुन् । खस आर्यतर्फ उम्मेदवारी दिएका बोहरा सल्यानका पूर्वजिल्ला विकास समिति सभापति र एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन । एमालेबाट उम्मेदवारी दिएका शर्मा र माझी पार्टीको प्रदेश कमिटी सदस्य हुन भने महत पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । महत जुम्लाका एमालेका तत्कालीन नेता तथा पूर्वशान्ति राज्यमन्त्री स्वर्गीय डिल्लीबहादुर महतकी धर्मपत्नी हुन् ।

सत्ता साझेदार दलमध्य नेकपा (माओवादी केन्द्र) को प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख(उपप्रमुख गरेर एक हजार ५१२, कांग्रेसको एक हजार आठ र नेकपा (एकीकृत समाजवादी)को ३७८ मत रहेको छ । गठबन्धन भित्रका तीनै दलको मत गणना गर्दा दुई हजार ८९८ हुन्छ । प्रतिपक्षी दल एमालेसँग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख गरेर एक हजार ४३४ मत छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग मात्र ४८ मत छ ।

प्रतिक्रिया