आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । 

आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ । यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो । १४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।

स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।
 

प्रतिक्रिया