५० बेड भन्दा बढी क्षमता भएका अस्पतालले कोभिड खोप केन्द्र सञ्चालन गर्न पाउने

काठमाडौं । सरकारले अब निजी अस्पतालहरूबाट पनि कोभिडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना जारी गरी मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खोप दिइने जानकारी गराएको हो ।

५० बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खोप केन्द्र सञ्चालन गर्न पाउनेछन् । मन्त्रालयले आफूलाई पायक पर्ने अस्पतालबाट बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप लगाउन आग्रह गरेको छ ।

266250399_708845353420131_6757278361698162853_n

प्रतिक्रिया