अमेरिकी राष्ट्रपतिले अपानबायु (पाद) छाडेपछि प्रिन्स चार्ल्सकी पत्नीलाई आपत


काठमाडौं । स्कटल्याण्डको ग्लासगोमा आयोजित ‘कोप २६’ जलवायु शिखर बैठकमा कार्बन उत्सर्जनबारे गम्भीर छलफल चलिरहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले अपानबायु  छाडेको घटनालाई बेलायतका मिडियाले निकै उछालेका छन् । 

‘डेली मेल’मा प्रकाशित रिपोर्टका अनुसार राष्ट्रपति बाइडेनले ग्यास छाडेको आवाज सुनेर बेलायती राजकुमार प्रिन्सकी पत्नी डचेन अफ कर्नवाल क्यामिला ‘शक्ड’ भएकी थिइन् । सूत्रको हवाला दिदै ‘डेली मेल’ लेख्छ, ‘बाइडेनले छाडेको अपान बायु कति लामो र असाधारण थियो भने त्यसलाई क्यामेलाले थाहा नपाए झैं गर्न असम्भव थियो ।’

ग्यास छाडेको थाहा पाए पनि क्यामिलाले बाइडेनसँगको कुराकानीलाई निरन्तरता दिएकी थिइन् । 

ग्लासगो को केल्विङग्रोभ आर्ट ग्यालरीमा आयोजित स्वागत समारोहमा राष्ट्रपति बाइडेन र क्यामिलाबिच भेटघाट भएको थियो । 

us britain

सो भेटवार्तामा युवराज चाल्र्स, डयूक एन्ड डचेस अफ क्याम्ब्रिज र प्रधानमन्त्री बोरिस जोन्सन पनि उपस्थित थिए । बैठकमा बेलायती महारानी एलिजाबेथ द्वितीय सहभागि हुने कार्यक्रम थियो, तर चिकित्सकले नजान सल्लाह दिए । 

जब क्यामिलासँग बाइडेन कुरा गर्दैथिए, तब एक्कासी सामान्य अपानबायुभन्दा अली लामै ढँगले ग्यास छाडेको क्यामेलाले सुनीन् । उनलाई अप्ठेरो भएको थियो, तैपनि मुहार मुद्रामा कुनै प्रतिक्रिया नदिइ कुराकानी अगाडि बढाएको ‘डेली मेल’को दाबी छ । 

हुन त यसअघि पनि बाइडेनमाथि सार्वजनिक स्थलमा आपनबायु छाडेको आरोप छ । गत वर्ष डोनाल्ड ट्रम्प जूनियरसहित कयौं रिपब्लीकन नेताले बाइडेनको एउटा भिडियो शेयर गरेका थिए, जसमा लाइभ स्ट्रीमिङका क्रममा एउटा अनौठो (ढ्वाँइय...) आवाज सुनिएको थियो । र, त्यो आवाज बाइडेनले अपानबायु छाडेको भन्ने ढँगले प्रचार गरिएको थियो । 

ह्वाइट हाउसले भने यसखालका विवादमा टिप्पणी गर्न अस्वीकार गर्दै आएको छ । 

कोप–२६ सम्मेलनको उदघाटन समारोहका क्रममा बाइडेनमाथि निदाएको आरोप पनि लागेको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरीकी राष्ट्रपति बाइडेनलाई ‘स्लीपी जो’ उपनाम दिएका थिए । निद्राबाट जागेपछि वाइडेनले अचानक ताली बजाएका थिए, जुन विश्वभर चर्चाको विषय भएको छ । 

us britain




प्रतिक्रिया