अमेरिकाद्वारा फाइजरको ६ लाख ६४ हजार डोज खोप प्रदान

काठमाडौं । अमेरिकाले कोभिडविरुद्धको थप खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकाले शुक्रबार फाइजरको ६ लाख ६४ हजार ५६० डोज खोप प्रदान गरेको हो ।

कोभ्याक्समार्फत अमेरिकाले नेपाललाई खोप प्रदान गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यी खोप विद्यालय जाने विद्यार्थीहरूका लागि चाँडै नै लगाइनेछ । दूतावासले सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्न निरन्तर सहयोग गरिरहने जनाएको छ । 


 

प्रतिक्रिया