'राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले राजनीतिबाट विश्राम नलिई केही क्षणको अल्पविराम मात्रै लिएको बताएका छन् ।

बिहीबार १४ औं महाधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई वधाई सन्देश जारी गरी पौडेलले प्रजातान्त्रिक समाजवादको सैद्धान्तिक मार्गको अनुशरण गर्दै आफूले पार्टीभित्र एकताको सन्देश दिने प्रयत्न गरेको बताएका हुन् ।

पौडेलले साथीहरुले पार्टीभित्रको चुनाव नलड्न दिएको सुझाव आफूले पालना गरेको उल्लेख गरेका छन् । उनले निर्वाचित नेताहरुसँग सबैलाई समेटेर अगाडि बढ्ने तथा पार्टीलाई एकतावद्ध र सुदृढ बनाउने जिम्मेवारी रहेको बताएका छन् ।

 

प्रतिक्रिया