साउन १ देखि केएमसीमा स्वास्थ्य बिमा कार्यक्रम

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ।  

अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले सम्झौताअनुसार साउन १ गतेबाट केएमसीमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको ले बताए। शुक्रबार भएको सम्झौताअनुसार केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

केएमसीले पछिल्लो समय उच्चस्तरीय सेवा दिइरहेको छ। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया