गजल

भेट होला कि भन्ने पनि डर होस्  
तर पर्खाइ जिन्दगीभर होस्

दिल निकालूँ र हातमा राखूँ 
त्यही बेला ऊसङ्ग खन्जर होस् 

फेरि तिम्रै बनोस् यो दिल मेरो
फेरि तड्पनको एक अवसर होस्

तिम्रो सम्बन्ध यस्तो सङ्ग बसोस्
उसको दिल होस् र दिलमा पत्थर होस्

जिन्दगी यसरी नै कटोस् हरपल
मर्ने बाँच्ने रहर बराबर होस्

बल्ल होला तलाश बिम्बितको 
बस् बगरको विपक्षी सागर होस्

बिनोद बिम्बित

प्रतिक्रिया