सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना निर्वाचित भएकी छन् । कमला पन्तलाई ४२८ मतान्तरले पछि पार्दै उपाध्याय निर्वाचित भएकी हुन् ।

डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत पाएको निर्वाचन समितिले जनाएको छ । उपाध्याय देउवा समूहकी हुन् भने पन्त शेखर कोइराला समूहकी हुन् । महिलातर्फबाट एकजना सहमहामन्त्रीमा निर्वाचित हुने व्यवस्था छ।

 

प्रतिक्रिया