केएमसीको स्वास्थ्य टोलीले गर्यो बूढानीलकण्ठमा छ सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार बूढानीलकण्ठ नगरपालिका वडा नं १ को ओम स्कुलाम कम्युनिकेशन नेपालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६२१ बिरामीको निःशुल्क उपचार गरिएको छ। 

बिरामीमध्ये ९८ जनाको भिडियो एक्सरे, ८९ जनाको ल्याब परीक्षण र ४५ जनाको ईसीजी गरिएको थियो। त्यस्तै २२ जनाको दाँत खोलिएको थियो भने ३२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। 

 नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको उत्तरदायित्व सम्हालेपछि केएमसीले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया