पेप्सीकोलामा केएमसीको स्वास्थ्य टोलीले साढे नौ सय बिरामीको निःशुल्क उपचार

काठमाडौँ। काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको पेप्सीकोलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार नेक्सस स्कुलमा भएको हिमालय टोल सुधार समिति पेप्सीकोलाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरमा ९६५ बिरामीको निःशुल्क उपचार गरिएको थियो। 

बिरामीमध्ये १०९ जनाको ल्याब परीक्षण, ९८ जनाको भिडियो एक्सरे र ४२ जनाको ईसीजी गरिएको थियो। त्यस्तै ३५ जनाको दाँत खोलिएको थियो भने २७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ। 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ। 

प्रतिक्रिया