रक्षामन्त्री मिनेन्द्र रिजालद्वारा पदबाट राजीनामा

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । महामन्त्रीको प्रतिस्पर्धामा रहेका रिजालले मत कम आएपछि राजीनामा दिएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेर राजीनामा बुझाएका छन् । यसअघि नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भिक मतपरिणाम आएलगतै राजीनामा घोषणा गरेका थिए ।

सामाजिक संजालमा रिजालले लेखेका थिए, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।


rajinama1639648943minendra rijal

प्रतिक्रिया