केएमसीको टोलीले गर्यो रुकुमकोटमा १९ सय बिरामीको निःशुल्क उपचार

रुकुम। काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टोलीले पूर्वी रुकुमको रुकुमकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

सुशील कोइरााला स्मृति प्रतिष्ठानको आयोजना र पूर्वी रुकुमका स्थानीय पालिकाहरूको सह आयोजनमा आयोजित शिविर रुकमणी माध्यमिक विद्यालय सिस्ने पालिका बडा नम्बर ५ रुमुकोटमा सञ्चालन भएको थियो।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार स्वास्थ्य शिविरमा एक हजार आठ सय ७५ बिरामीको निःशुल्क उपचार गरिएको हो। बिरामीमध्ये १८२ जनाको ल्याब परीक्षण, १२० जनाको ईसीजी, १९५ जनाको यूएसजी, ६५ जनाको ईको गरिएको थियो।

त्यस्तै ५५ जनाको दाँत खोलिएको र १०७ जनालाई रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसीको सामाजिक उत्तरदायित्वसम्हालेपछि देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

प्रतिक्रिया