मुलुकको शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब घाटामा

भारतका रक्षामन्त्री राजनाथ सिंहले केही तत्वहरूले नेपाल र भारत बीच सम्बन्ध बिगार्न चाहेको बताएका छन् । भारतको उत्तराखण्ड राज्यमा मङ्गलबार भएको एक कार्यक्रममा रक्षामन्त्री सिंहले यस्तो बताएका हुन् ।

तर उक्त कार्यक्रममा बोल्ने क्रममा उनले दुई देश बीचको सम्बन्ध बिगार्न चाहने तेस्रो पक्ष को हो भन्ने खुलाएनन् । उनले नेपालसँग आफूहरुको रोटी–बेटीको सांस्कृतिक सम्बन्ध रहेको बताए ।

उनले भने,‘उत्तराखण्डको जहाँसम्म सवाल छ। नेपाल र तिब्बतको सीमा यससँग जोडिन्छ। नेपालको जहाँसम्म प्रश्न छ–नेपालसँग हाम्रो रोटी–बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ। तर म यो जानकारी तपाईँलाई दिन चाहन्छु– केही तत्वहरू यस्ता छन्, जसले नेपाल र भारतको सम्बन्ध खराब गर्न चाहन्छन्।’

उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै बिगार्न नचाहने दाबी गरेका छन् । उनले भने,‘चाहे जेसुकै होस्, हामीलाई शिर झुकाएर रहनु किन नपरोस् तर हाम्रो छिमेकी नेपालसँग हाम्रो सम्बन्ध टुट्न दिँदैनौँ। हाम्रो नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिँदैनौँ।’

प्रतिक्रिया