केएमसीको टोलीले गर्यो धुलिखेलमा सात सय बिरामीको निःशुल्क उपचार

काभ्रे। काठमाडौँ मेडिकल कलेज (केएमसी)को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित बासबारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार धुलिखेलको हिमालयन इन्टरनेशनल एकेडेमी स्कुलको प्राङ्गणमा सारथी फाउन्डेशनको व्यवस्थापनमा आयोजनामा भएको स्वास्थ्य शिविरमा ७२२ बिरामीको निःशुल्क उपचार गरिएको जानकारी दिए।

बिरामीमध्ये ११३ जनाको ल्याब परीक्षण, ९६ जनाको भिडियो एक्सरे र ८७ जनाको ईसीजी गरिएको थियो भने २१ जनाको दाँत खोलिएको थियो र ४२ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसीले सामाजिक उत्तरदायित्व सम्हालेपछि देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

प्रतिक्रिया